पोखरामा अन्तर विद्यालयस्तरीय वडाध्यक्ष कप फागुन १ गतेदेखि सञ्चालन हुने

पाेखरा | माघ २८, २०७९

पोखरामा अन्तर विद्यालयस्तरीय वडाध्यक्ष कप फागुन १ गतेदेखि सञ्चालन हुने

पोखरा:  पोखरा रंगशालामा ड्यामसाइडन क्लब र पोखरा महानगरपालिका १७ को आयोजनामा दोस्रो अन्तर विद्यालय वडाध्यक्ष कप फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
 

६दिनसम्म सञ्चालन हुने वडाध्यक्ष अन्तर विद्यालय कपमा पोखरा १७ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने पाउने प्रतियोगिता सहसंयोजक पदम बहादुर ढकालले बताए । 


‘वडाध्यक्ष कपमा पोखरा १७ का सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहनेछ, प्रतियोगितामा ६देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता लिन पाउँछन्, ढकालले भने, ‘विद्यालय भन्दा बाहिर र कक्षा १० भन्दा माथिका विद्यार्थीहरु समावेश गरेको पाइए कारवाही गछौं ।’


विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने महानगरको एक वडा एक खेल मैदानको अवधारणा अनुसार खेल मैदान स्तरोन्नती गर्ने उद्धेश्य रहेको उनले बताए । 


प्रतियोगितामा प्रथम, प्रथम दित्तीय तृतीय हुनेले क्रमश ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरेको छ । त्यस्तै आयोजकले विभिन्न पाँच विधामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता, मिडफिल्डर, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्डरलाई पुरस्कार प्रदान गर्नेछ । 

  
ड्यामसाइड क्लबले विगत लामो समयदेखि विशेषगरि फुटवलको क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले राष्ट्रिय स्तरका धेरै खेलाडीहरुसमेत उत्पादन गरिसकेको संहसंयोजक ढकालले जानकारी दिए । उनका अनुसार क्लबले ए डिभिजनदेखि राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । ती खेलाडीहरुमा बसन गौचन, भिषन गौचन, राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ लगायत कम्तिमा २६ खेलाडी रहेका छन् । 


प्रतियोगितामा ५ लाख २० खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न पोखरा महानगरपालिका वडा नं १७ ले ३ लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम क्लबको आन्तरिक स्रोत र वडा नं १७ का स्थानीयको सहयोगमा प्रतियोगित सञ्चालन गर्ने छ । 


२०७६ सालमा पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबले विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै दोस्रो संस्करणको प्रतियोगिता फागुन १ देखि ६गतेसम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । 
 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्